३१ आश्विन २०८३, शनिबार

कसरी सक्कियो सांस्कृतिक मेला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna 11काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपले प्रत्येक वर्ष जस्तै यस पटक पनि आधा दर्जन मुलुकका कलाकारलाई ल्याएर ‘आठौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला– २०७२’ सम्पन्न गरेको छ ।

राजधानीमा गत २० गते उद्घाटन भएको सांस्कृतिक मेलामा भारत, मेक्सिको, स्टोनिया, इन्डोनेशिया र बंगलादेशका कलाकारहरूको सहभागिता रहेको कल्चरल ग्रुपका सदस्य कृष्ण रेउलेले जानकारी दिए । ‘प्रत्येक वर्ष हुँदै आएको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला यस पटक पनि भव्यताका साथ सफल भएको छ’, रेउलेले भने, ‘कलाकारहरूको राम्रो जमघट भएको थियो ।’

सांस्कृतिक मेलाका क्रममा विभिन्न मुलुकका कलाकारहरूले आआफ्ना मुलुकका नृत्य, गीत आदि प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीले काठमाडौंमा फागुन २० गते उद्घाटन गरेका थिए । उद्घाटनपछि सांस्कृतिक मेला २२ गते बनेपा पुगेर विशेष प्रस्तुति दिएको थियो । २३ गते नुवाकोटमा, पोखरामा २४ गते र धादिङमा २५ गते सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।

सांस्कृतिक मेलामा नेपाली कलाकारहरूले पनि विभिन्न जातजातिको संस्कृति झल्किने नृत्यहरू प्रस्तुत गरेको रेउलेले बताए ।

सांस्कृतिक मेलाका क्रममा झण्डै ५० लाख रुपियाँ खर्च भएको छ । सदस्य रेउलेले भने, ‘विगत आठ वर्षदेखि हुँदै आएको यो सांस्कृतिक मेलामा आफैले खर्चको व्यवस्थापन गर्दै आएका छौँ ।’

Krishna 1 Krishna 2 Krishna 4 Krishna 13 Krishna 14 Krishna 15 Krishna 16 Krishna 17 Krishna 18 Krishna 5 Krishna 6 Krishna 7 Krishna 8 Krishna 9 Krishna 10
Krishna 12