– प्रशान्त महासागर
नारी सम्मान हो
नारी अभिमान हो
पुरुषको आधार नारी हो
पुरुषको प्रतिस्था नारी हो
जय जय जय नारी
संरक्षक नारी, सृष्टि नारी
जीवनको आश, भरोसा नारी
आड नारी, अंशवंश नारी
जय जय जय नारी
जीवनको मान या नमान
पञ्चत्व पछिको छैठौंत्व नै नारी हो
पुरुषको वास्तविक आधार पनि नारी नै हो
सोचसिकको समायोजन स्थल पनि नारी नै हो
सुन्दर सुवास
शान्ति, सद्बुद्धि उत्खनन् बिन्दु पनि नारी नै हो
नरको आधा हिस्सा पनि नारी नै हो
पदहरु अभावपूर्तिका
समस्याहीन यात्राको गन्तव्य पनि नारी नै हो
अन्धकार निराकारको तेज पनि नारी नै हो
विश्व विजेता पनि नारी नै हो
दुई जातको सर्वश्रेष्ठ प्राणी पनि नारी नै हो
नारी बेगर
न पाप छ न त पुण्य नै
न राम्रो छ न त मीठो नै
न जूनको अर्थ छ न त सूर्यकै
न चिसोमा हिउँको अर्थ छ न त हिउँले शोभायमान हिमाल नै
न प्राकृतिक सुन्दरताको वर्णन छ न त मयुर नाचको अर्थ नै
कलकल बग्ने खोला
झरझर झर्ने झरना
न सागरसम्म पुग्ने बाटो कठिनाई नै
अतः
मान या नमान
स्त्री(नारी) एकमुखी रुद्राक्ष नै हो ।















प्रतिक्रिया