३१ आश्विन २०८३, शनिबार

ससुरा र ज्वाई भिड्दा पनि विपी पुत्रलाई भेट्न सकेनन्, शशांक जित नजिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shasank-arjun-narsing-and-gagan

– विमल योगी
काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षका लागि आइतबार भएको निर्वाचनको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार महामन्त्रीमा शशांक कोइरालाले लामो अन्तरमा अग्रता लिएका छन् । उनले अहिलेसम्म ९३१ मत प्राप्त गरेका छन् ।

यसैगरी अर्जुननरसिह केसीले ६९३ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा छन् ।

यसैगरी युवा नेता गगन थापाले ३८३ मत प्राप्त गरेका छन् ।

महामन्त्री पदका लागि २१०० मत संख्या गणना भइसक्दा पनि विपी पुत्र शशांकलाई नाता ससुरा र ज्वाई पर्ने अर्जुन र गगनले भेट्न सकेका छैन् । चुनावनी मैदानमा ससुरा र ज्वाई भिड्दा पनि अग्रता भने विपीले लिइरहेका छन् ।

यदि यही अग्रता कायम रहे १३ औं महाधिवेशनबाट शशांक नेपाली कांग्रेसको महामन्त्री बन्ने निश्चित छ ।