३१ आश्विन २०८३, शनिबार

विहेको समाचारले बिपाशा यसरी रिसाइन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bipasha Bashuमुम्बई । बलिउड नायिका बिपाशा बसुले आफ्नो विहे हुन लागेको भनेर आएका समाचारप्रति आक्रोश प्रकट गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो विहे हुन लागेको भनेर आएका समाचारको खण्डन गरेकी हुन् ।

कलाकार करणसिंह ग्रोवरसँग बिपाशाको विहे हुन लागेको समाचार भारतीय सञ्चारमाध्यमहरूले छापेका थिए । बिपाशाले आफ्नो अँगुलामा हीराको औँठी लगाएको देखेपछि पत्रकारहरूले विहे हुन लागेको भनेर समाचार लेखेका थिए ।

‘मेरो विहेको घोषणा मलाई गर्न दिनुपर्छ । कुर्नुपर्छ । कृपया बेमत्लवका कुरा नगर्नु होला’, बिपाशाले आफ्नो ट्वीटमा भनेकी छिन् । बिपाशाले आफ्नो विषयमा भ्रामक समाचार नलेख्न पत्रकारहरूसँग आग्रह गरेकी छिन् । एजेन्सी