३१ आश्विन २०८३, शनिबार

संस्कृति जोगाउन यसरी भयो पञ्चैबाजा प्रतियोगिता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Panche Bajaहेटौँडा । मकवानपुर जिविस र जिल्ला पर्यटन विकास समितिको आयोजनामा हेटौँडामा तेस्रो जिल्लास्तरीय पञ्चैबाजा प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा भ-याङ्काली नौमती पञ्चैबाजा समूह सरिखेत पलाँसे प्रथम, मनकामना नौमती पञ्चैबाजा मनरे दोस्रो र नौमती बाजा हाँडीखोला तेस्रो भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वतीय र तृतीय हुनेलाई सभासद् अनन्तप्रसाद पौडेलले क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार नगदसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।

सोमबार भएको प्रतियोगितामा मकवानपुरको चारवटा पञ्चेबाजा समूहको सहभागिता थियो ।

लोकसांस्कृतिलाई जीवन्त राख्न मकवानपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा सो प्रतियोगिता गरिएको हो ।