३१ आश्विन २०८३, शनिबार

प्रशिक्षणमा नेपाल फेसन आइकन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Model Nepalकाठमाडौं । रन वे नेपालको आयोजना रहेको ‘नेपाल फेसन आइकन २०१६’ का सहभागीहरु अहिले प्रशिक्षणमा रहेका छन् ।

राजधानीमा आयोजित बिभिन्न अडिसनबाट छानिएका ४० प्रतियोगी अन्तिमस्पर्धाका लागि अहिले प्रशिक्षणमा जुटेको रनवे नेपालकी सिइयो चाँदनी लामिछानेले जानकारी दिएकी छन् । रनवे नेपालले यस अगाडि रन वे मोडलको सफल आयोजना गरिसकेको छ ।

महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ र फेसन जगतमा नया“ आयाम थप्नुका साथै नेपाली प्लेटफर्म आबश्यकको मोडल उत्पादन गर्नु मुख्य उद्देश्यले ‘नेपाल फेसन आइकन २०१६’ आयोजना गरिएको आयोजक संस्था रनवे नेपालकी अध्यक्ष लामिछानेले बताइन् ।

दर्जन बढी सौन्दर्य प्रतियोगिताको करिब एक दशक कोरियोग्राफी अनुभव सहित चाँदनीले ‘रनवे नेपाल’ सुरु गरेकी हुन् ।

२० महिला र २० पुरुष अन्तिम प्रतियोगिताका लागि अहिले छानिएका छन् । ट्यालेन्ट राउन्ड र प्रिजजिंग पछि मात्र प्रतियोगी अन्तिम प्रतिस्पर्धामा सहभागी हुन पाउँनेछन् ।