३१ आश्विन २०८३, शनिबार

कांग्रेस महाधिवेशनः मतपेटिका पार्टी कार्यालय सानेपा लगियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

matdan-2-263x156काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत आइतबार भएको मतदान सकिएको छ ।

मतदानस्थल राष्ट्रियसभा गृहबाट अहिले मतपेटिका केन्द्रीय कार्यालय सानेपातर्फ लगिएको छ । तीन वटा आरक्षण, प्रदेश र खुल्ला गरेर ६ वटा मतपेटिका प्रहरीको भ्यानमा सानेपा लगिएको निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानका।प् दिए ।

उनका अनुसार भतदान गर्न नपाएका ३० जना प्रतिनिधिबारे अझै विवाद यथावत छ ।

सभापति पदका लागि भएको मतदानको मतगणना भने केही समयपछि राष्ट्रियसभा गृहमै सुरु हुने त्यहाँ रहेका हाम्रा सहकर्मी विम योगीले बताए ।