३१ आश्विन २०८३, शनिबार

मलेसिया बिदेशी कामदारलाई माया गरः आईएलओ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malaysia_429036745

– सुदिप निउरे
क्वालालम्पुर । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले यहां काम गर्ने आप्रवासी कामदारलाई माया गर्न मलेसियासंग अपिल गरेको छ ।

कानुनी प्रावधान अनुसार बसेका आप्रवासी कामदारलाई सुरक्षा दिन, सदभाब दर्शाउन र सम्मानजनक ब्यबहार गर्न आईएलओले अपिल गरेको हो ।

आप्रवासी कामदारमाथी गरिंदै आएको खराब ब्यवहारका कारण मलेसियाको चौतर्फी आलोचना हुन थालेपछि आईएलओले यसलाई गंम्बिरढंगवाट लिएको मलेसियाकिनीमा खबर छ ।

हाल मलेसियामा २३ लाख ३५ हजार आप्रवासी कामदार छन् । जसमध्य ५ लाख २७ हजार नेपालीले यहां बैधानिक तरिकाले कामगर्दै आएका छन् । आप्रवासी कामदार अपरिहार्य भएको मुलुकले कामदारप्रति राम्रो ब्यबहार गर्न नसक्दा बिश्वसमुदाय माझ मलेसियाबारे नकरात्मक सन्देश गईरहेको आईएलओले जनाएको छ ।

मलेसिया सरकारको निती एवं रोजगारदाता कम्पनिहरुको कामदार प्रतिको ब्यबहारमा सुधार नआए यस्ले अझै नराम्रो असर पार्न सक्ने भन्दै आईएलओले सरकारलाई सचेत हुन आग्रह गरेको छ ।

आप्रवासी कामदारहरुमा मलेसियाप्रति पैदा भएको गलत नजिर हटाउन एवं मलेसिया सरकार एवं सम्बन्धित निकायले कामदारलाई सहि ढंगबाट परिचालन गराउनका लागी एक नया अभियान शुरु गरिएको छ ।

मलेसियाको अर्थब्यबस्था र आईएलओको भुमिका एमडब्लसी २०१६ भन्ने अभियानले संगै काम गरौ संगै हिंडौ, आप्रवासी कामदार हाम्रा लागी भन्ने नारा अघि सारेको हो । अभियानलाई स्थानिय मिडीया एजेन्सी पिपिएले साझेदारी गर्ने मलेसियाकिनीले छापेको खबरमा उल्लेख गरेको छ ।