३१ आश्विन २०८३, शनिबार

कांग्रेस महाधिवेशनः रेखा थापा कसको पक्षमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha-Thapa

काठमाडौं । अहिले सबैलाई कांग्रेसको महाधिवेशनले छोएको छ । को नेतृत्वमा आउला र को आउनुपर्छ भनेर सबै क्षेत्रका व्यक्तित्वहरुले आफ्नो धारणा पस्किरहेका छन् ।

यसैक्रममा अभिनेत्री रेखा थापाले पनि कांग्रेस महाधिवेशनबारे आफ्नो धारणा व्यक्त गरेकी छिन् । केही वर्षअघि एमाओवादीमा प्रवेश गरेर राजनीतिमा हाल गुमनाम रहेकी रेखाले आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसको नेतृत्व अब युवाको हातमा सुम्पिनुपर्ने धारणा राखिन ।

उनले अब बुढापाखाहरुले अभिभावकको भुमिका बस्नुपर्ने भन्दै नेतृत्वमा युवाहरु आउनुपर्ने बताइन् । उनले गगन थापा लगायत नेतृत्व लिन तम्सिएका सम्पूर्ण उम्मेदवारलाई जितको शुभकामना पनि दिइन् ।

यस्तो छ उनको प्रतिक्रियाः
मेरो घरमा म मात्रै फरक विचार धाराकी हुँ । मेरो परिवारका सबै सदस्य कांग्रेसलाई समर्थन गर्नु हुन्छ । मलाई अचम्म लाग्छ कि कांग्रेसलाई समर्थन गर्नेहरु बढी नै रुढीग्रष्त भएको देख्छु ।

पुरानालाई सम्मान गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु सर्वमान्य कुरा हो र यसपाली महाधिवेशनमा त्यहि हुनुपर्छ । तर, सजिलो भने छैन । पुराना पुस्ताकाहरु नै नेतृत्व हस्तान्तरण गर्न र्गाहो मानिरहनु भएको छ । आफूलाई यूवा भन्नेहरु मध्ये कतिपय कार्यकर्ताको विचार पनि प्रौढ छ । किनकी उहाँहरु उमेरमा तन्नेरी भएपनि काम गर्ने स्टाइल पुरानै छ । बीपीको नाम भजाएर खाने प्रवृत्ति अझै छ ।

बीपीको सम्मान गर्नुपर्छ । तर, नाम सधै भजाउनु हुन्न ।