
– झलक पाली
डोटी, २३ फागुन । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको डोटीमा पनि जिल्ला परिषद घोषणा भएको छ ।
शनिबार जिल्ला विकास समितिको सभाहलमा आयोजना गरिएको जिल्ला अगुवा नेता तथा कार्यकर्ता भेलाबाट अधिवक्ता कैलाश सिं साउँदको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला परिषदको घोषणा गरिएको हो ।
त्यस्तै अधिवक्ता नवराज भट्टको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सल्लाहकार परिषद पनि गठन गरिएको नयाँ शक्ति निर्माण अभियानका राष्ट्रिय परिषद सदस्य एवं पूर्व सांसद मोहन बमले जानकारी दिए ।
त्यस्तै दलित, युवा, महिला, विद्यार्थी लगाएतका अन्य जनवर्गिय संगठनहरु पनि गठन भएको उनले बताए ।
नयाँ शक्तिका राष्ट्रिय परिषद सचिवालय सदस्य एवं प्रदेश नं. ७ का संयोजक लिला भण्डारीको प्रमूख आतिथ्यतामा सम्पन्न भेलाले विभिन्न निर्णयहरु समेत गरेको छ । जसमा आगामी दुई महिनाभित्रमा डोटी जिल्लामा पाँच हजार सदस्यता वितरण गर्ने, गाउँ तहमा संगठन विस्तार गरी भ्रष्टाचार विरोधी गतिविधी नियन्त्रणका लागि दवावमूलक कार्यक्रम गर्ने निर्णय भएको जनाईएको छ ।
यसभन्दा पहिले नयाँ शक्ति निर्माण अभियानमा एकिकृत माओवादीबाट बाहिरीएका व्यक्तिहरु मात्रै देखिएका थिए भने शनिबारको भेलाबाट नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरि ३० जना नयाँ शक्ति निर्माण अभियानमा जोडिएको बताईएको छ ।
नयाँ शक्ति निर्माण अभियान अन्तरगत नव घोषित जिल्ला परिषदका संयोजक साउँद र सल्लाकार समिति संयोजक भट्ट नेपाली काँग्रेसबाट आएका हुन् भने प्रेस चौतारी नेपालसँग आवद्ध पत्रकार रोजेन्द्र जोशी पनि नयाँ शक्तिमा प्रवेश गरेको जनाईएको छ । अब नयाँ शक्तिले आफ्ना गतिविधीहरु अझै शशक्त ढङ्गले अगाडी बढाउने जनाएको छ ।
शनिवारको भेलामा विभिन्न केन्द्रिय नेताहरुका साथै झण्डै डेढ सयको संख्यामा सहभागिता रहेको थियो ।












प्रतिक्रिया