१५ कार्तिक २०८३, आइतबार

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष शर्माको निधन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12809772_1716127658601954_3036698575578473088_nकाठमाडौं, २३ फागुन । एमाले निकट नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष प्रो.माधव शर्माको निधन भएको छ ।

कञ्चनपुरमा हालै सम्पन्न नेपाल बुद्धिजीवी परिषद्को नवौँ अधिवेशनबाट शर्मा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

उहाँको आज बिहान ३ बजे निधन भएको एमालेका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । शर्माको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

अधिवेशनकै बेला शर्मा बिरामी परेको पारिवारिक स्रोतले जनाएको छ । उहाँको राजधानीको अस्पतालमा उपचार भइरहेको थियो ।

प्राज्ञिक, शालीन, नेपालको प्रगतिवादी बौद्धिक आन्दोलनका अगुवा शर्माको निधनले शुभेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।