३१ आश्विन २०८३, शनिबार

आनी छोइङले राष्ट्रसंघको मुख्यालयमा गीत सुनाउने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aani-gayikaa– विजय थापा

वाशिंगटन डिसी । फूलको आँखामा फूलै संसारबाट हरेक नेपालीको हृदयमा बास गरेकी सुमधुर स्वरकी धनि आनी छोइङले आगामी मार्च २० तारिखमा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाउने भएकी छिन् ।

उनलाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको छ । उनले त्यहाँ हिमाली बौद्ध भजन, तथा आध्यात्मिक गीत सुनाउने कार्यक्रम तय भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाको इतिहासमा प्रथम पटक नेपाली गायिकाको स्वरमा सुनिने भएको छ । आनीले भजन र आध्यात्मिक गीतको साथै मन्तब्य पनि दिने छिन् ।

‘राष्ट्रसंघले सन् २०१२ देखि २० मार्चलाई अन्तर्राष्ट्रिय खुशी दिवस’ मनाउदै आएको छ । उक्त अवसरमा आनी छोइङ डोल्माले बौद्ध मन्त्र मार्फत शान्तिको कामना समेत गर्ने छिन् ।

युनिसेफकी सद्भाव दूत समेत रहेकी आनी छोइङको टोलीमा संगीतकार न्ह्यू बज्राचार्य, गोपाल रसाइली र रमन महर्जन पनि रहने छन् ।

यसको अतिरिक्त आनी छोइङले अमेरिकाको वाशिंगटन डिसी तथा न्युयोर्कमा भुकम्प पिडितहरुको सहयोगार्थ दुईवटा संगीत कार्यक्रम गर्ने भएकी छिन् ।

राष्ट्रसघको प्रस्तुति पछि न्युयोर्कमा आनीको कार्यक्रम मार्च २६ तारिखमा कोलडेन सभा मण्डप (अडीटोरिएम)मा अमेरिकाको न्युयोर्कमा स्थापना भएको गैर मुनाफा सामाजिक संस्था ग्रास मुभमेन्ट इन नेपाल (जीमिन)ले भूकम्प पिडितको सहयोगार्थ गर्ने भएको छ ।

वाशिंगटन डिसीमा स्थापित गैर मुनाफा सामाजिक संस्था गोर्खाली फाउनडेसनको सहयोगमा भिन्तुना इन्टरनेसनलको मुख्य आयोजनामा डिसी स्थित लिस्नर सभा मण्डप(अडीटोरिएम)मा अप्रिल २ तारिख आनीको कार्यक्रम हुने भएको जानकारी आयोजक सदस्य तथा ब्यबसायी सुरेश सापकोटाले जानकारी दिएका छन् ।

अमेरिकामा आनी आनी छोइङको सांगीतिक कार्यक्रम हुने भएकोले अमेरिकामा उनका प्रसंशकहरु उत्साहित भएका छन् ।