१५ कार्तिक २०८३, आइतबार

स्वः गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कारबाट एभिन्यूजका श्रेष्ठ सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12795467_10205627524671540_5001498053272985982_nवीरगन्ज, २२ फागुन । नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजन क्षेत्रीय ब्यूरो कार्यालय वीरगंजका ब्यूरो प्रमुख राजु श्रेष्ठलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले पत्रकार श्रेष्ठलाई नगदसहित सम्मान पत्रबाट सम्मान गरेका थिए ।

सम्मान सहित पुरस्कारको राशी २५ हजार रहेको छ । प्रमुख अतिथि घिमिरेले मर्यादित पत्रकारकारीको माध्यमबाटै मुलुकको राजनीतिक, सामाजिक र आर्थिक बिकास हुनेमा जोड दिएका थिए ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष धुब साहको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले सिफारिसको आधारमा बरिष्ठ साम्बाददाता राजु श्रेष्ठलाई पुरस्कृत गरिएको हो ।