काठमाडौँ, २१ फागुन । नेपालको संविधानमा स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा समावेश गर्न राजनीतिक दल र तिनका नेतृत्व सफल भएकामा नेपाल चिकित्सक सङ्घले आभार व्यक्त गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्घका पदाधिकारीले आज वालुवाटारमा भेटी यस्तो संवैधानिक व्यवस्थाले स्वास्थ्य सेवा अझ गुणस्तरीय र सुदृढ हुने विश्वास व्यक्त गरे ।
सङ्घका अध्यक्ष डा अञ्जनीकुमार झा र महासचिव डा मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री ओलीलाई एक ज्ञापनपत्र हस्तान्तरण गर्दै अस्पताल÷स्वास्थ्य संस्थाहरुमा विद्युत् कटौती नगर्न माग गर्नुभयो ।
ज्ञापनपत्रमा विद्युत् प्राधिकरणले सरकारी तथा निजी अस्पतातबीच विभेदपूर्ण व्यवहार नगर्न र अत्यावश्यक सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुमा विद्युत् कटौती नहुने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले अस्पतालहरुमा विद्युत कटौती नहुने व्यवस्था मिलाउन आफूले सम्बन्धित निकायसँग कुराकानी गर्ने जानकारी दिनुभएको सङ्घले जानकारी दिएको छ ।












प्रतिक्रिया