
भैरहवा, फागुन २१ । पर्या पर्यटन विकासमा सबै क्षेत्रका पत्रकारहरुको एकता आवश्यक भएको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
लुम्बिनी प्रेस क्लब भैरहवाले आयोजना गरेको चितवन सौराह र लुम्बिनी भैरहवाको पर्यटन प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया तथा भेटघाट कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थ नगर नगरपालिकाका कार्यकारी अधिकृत विष्णुदत्त गौतमले पर्यटन भनेको प्रचार प्रसारको अर्को पयार्य भएको हुनाले सबै पत्रकारहरु एकताबद्ध भई पर्यटकीय क्षेत्रको सकारात्मक विकासमा लाग्नुपर्ने बताए ।
लम्जुंगको घले गाऊको उदाहरण दिदैं गौतमले भने “बेसीशहरदेखी धेरै टाढाको घले गाऊ जादा ज्यान हत्केलामा राखेर जानुपर्छ त्यहां न सुविधासम्पन्न आवस छ नत बाटो नै राम्रो । हिमाल हेर्न मानिसहरु यति लालयीत भएर घले गाऊ जानुको कारण मिडीयाकै प्रचारबाजीले हो । यसैले म भन्छु लुम्बिनी, सौराह जस्ता पर्यटकीय केन्द्रको मिडीयाले राम्रोसंग प्रचारबाजी गरे यहां खुट्टा राख्ने ठाऊ हुनेछैन । ”
अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकार महासंघ चितवन शाखाका सभापति हरिप्रसाद पोखरेलले चितवन जिल्ला र लुम्बिनी भैरहवाको पर्यटकीय क्षेत्रहरुलाई जोडेर प्याकेजमा अवलोकन प्वाइन्ट बनाएमा दुबै क्षेत्रको विकास हुने बताए । सभापति पोखरेलले लुम्बिनीबासीले चितवन घुम्न जाऔं र चितवनबासीले लुम्बिनी घुम्न जाऔं भन्ने नारा लगाउनुपर्ने पनि बताए । नेपाल उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य मनिस कुमार जोसीले पर्यटन उद्योगको विस्तार गर्दै चितवन र रुपन्देहीबासी मिलेर प्याकेज कार्यक्रम बनाउनुपर्ने बताए ।
सिद्धार्थ होटल एसोसियसन भैरहवाका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भारतीय पर्यटक लक्षीत पर्यटन प्याकेज कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । सिद्धार्थ यातयातका अध्यक्ष सुर्य कुमार सारु मगरले चितवनवासीले चाहेंमा भैरहवादेखी सौराहसम्म र चितवनका अन्य पर्यटकीय क्षेत्र सम्म सीधा बस सेवा सन्चालन गर्न तयार भएको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले विश्वशान्तिको केन्द्र लुम्बिनी र चितवनलाई जोडेर पर्यटकीय करिडोर बनाउनुपर्ने बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगानाको अध्यक्षता, महासचिव नरेश केसीको सन्चानल तथा कोषाध्यक्ष सम्झना शर्माको स्वागतमा सम्पन्न उक्त कार्यक्रमा नेपाल पत्रकार महासंघ चितवन शाखाका निवर्तमान अध्यक्ष जनक अर्याल, होटल तथा रेष्टुरेष्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष रामचन्द्र रेग्मी, सिद्धार्थ होटल एण्ड ट्राभल टुर एजेन्ट (साट्टा) का अध्यक्ष सागर अधिकारी, पर्यटन व्यवसायी सन्जय बजिमय, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष डा. शान्त कुमार शर्मा, उपाध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थ एफ एमका स्टेशन म्यानेजर टि.पी भुसाल, प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, सिद्धार्थ यातयातका उपाध्यक्ष रामबहादु पौडेल लगायतले बोल्दै पर्यटन क्षेत्रको विकासमा सबै एक भएर लाग्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
यसैबीच चितवनबाट भैरहवा आएका पत्रकारहरुलाई लुम्बिनी प्रेस क्लबले स्वागत तथा सम्मान समेत गरेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका सभापति हरिप्रसाद पोखरेलको नेतृत्वमा आएको टोलीलाई क्लबले भैरहवामा स्वागत गरेको हो । सभापति पोखरेलको नेतृत्वमा निवर्तमान सभापति जनक अर्याल, प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष शान्ता अधिकारी, क्रान्तिकारी पत्रकार संगठन नवराज ढकाल, डब्लु डब्लु जे चितवनका अध्यक्ष शान्ता अधिकारी, प्रेस चौतारीका सचिव गोविन्द घिमिरे, पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र बडुवाल रहेका छन् ।
यसैगरी होमनाथ पाण्डे, प्रमिता ढकाल, दुर्गा रेग्मी, प्रविणकुमार दत्त, अनिल ढकाल, प्रकाश सिग्देल, रामकान्त पौडेल रहेका छन् । चितवनका पत्रकारलाई लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना लगायतका पदाधिकारी एवं सदस्यले स्वागत गर्दै सम्मान समेत व्यक्त गरेका थिए ।












प्रतिक्रिया