१५ कार्तिक २०८३, आइतबार

दाङको धानखोलामा बस दुर्घटना, ३३ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DANGदाङ, २१ फागुन । दाङको धानखोलामा भएको यात्रुबाहक बस दुर्घटनामा परी ३३ जना यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको राप्ती अञ्चल सार्वजनिक यातायात समितिको ना४ख १०७६ नम्बरको बस गोवरडिया–१ मा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी प्रमुख कुवरे कडायतका अनुसार आज बिहान भएको उक्त बस दुर्घटनामा परी घाइते भएकामध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ । घाइते १६ जनाको उपचार बुटवलमा भइरहेको छ भन्ने अन्य १७ जना घाइतेको भालुवाङमा उपचार भइरहेको छ ।

बस विद्युत्को पोलसँग ठोक्किएर उक्त दुर्घटना भएको थियो । एसपी कडायतका अनुसार चालक निदाएर वा अत्यधिक गतिका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । अधिकांश घाइते दाङवासी भएको बताइए पनि उनीहरुको नाम भने खुल्न नसकेको प्रहरीले बताएको छ । रासस