३१ आश्विन २०८३, शनिबार

एकाएक भागेर दिल्ली किन आए शाहरुख खान ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

srk

मुम्बई । मानिसहरु त्यो समयमा छक्क परे जब अचानक सुपरस्टार शाहरुख खान आफ्ना सबै काम छाडेर भागमभाग मच्चाउन थाले र दिल्लीका लागि निस्किए ।

केही समयपछि मात्रै थाहा भयो कि शाहरुखका ससुरा अर्थात गौरी खानका पिता कर्नेल रमेश चन्द्र छिब्बरको निधन भएको रहेछ ।

नयाँ दिल्लीको एस्कार्ट अस्पतालमा मंगलबार राति शाहरुख खानका ससुरा कर्नेल रमेश चन्द्र छिब्बरले आन्तिम सास लिए । यो खबर पाउने वित्तिकै गौरी खान पनि रातारात दिल्ली पुगिन् ।

बुधवार विहान लोधी घाटमा उनको अन्तिम संस्कार गरिएको छ ।

समाचारअनुसार जब शाहरुखले यो खबर पाए तब उनी आफ्नो नयाँ प्रोजेक्ट गौरी शिन्देको फिल्म सम्बन्धि काम गरिरहेका थिए । त्यही बेला सब काम छोडेर उनी फटाफट दिल्ली लागे ।