१ कार्तिक २०८३, शनिबार

परिवारका १४ जनाको हत्या गरी आत्महत्याः यस्तो छ घटनाको अनौठो रहस्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hasan-Warkarकाठमाडौं, १९ फागुन । आफ्नै परिवारका १४ जनाको हत्या गरी आत्महत्या गर्ने युवकबारे अनौठो रहस्यको खुलासा भएको छ ।

प्रहरी अनुसन्धान अनुसार भारतको महाराष्ट्रस्थित ठाणेमा भएको यो घटना अन्धविश्वासका कारण भएको खुलेको हो ।

घोरबन्दर रोड इलाकामा हसनैन वरेकर नामका युवकले गत आइतबार विहानै ७ बालबालिका र ६ महिलासहित आफ्नै परिवारका १४ जनाको हत्या गरी आत्महत्या गरेका थिए ।

घटनाको कारण खोज्ने क्रममा प्रहरीले प्रारम्भिक अनुसन्धानमा काला जादूगरहरुको षड्यन्त्रमा फसेर युवकले आफ्नै परिवारको हत्या गरेको देखिएको छ । उक्त घटनामा बाँचेकी हसनैनकी बहिनी सुबियाको बयानका आधारमा हसनैन जादू टूनामा विश्वास गर्ने व्यक्ती गरेको पत्ता लगाएको छ । सुबियाका अनुसार उनी परिवारसँगै स्वर्ग जाने सपना देख्थे । त्यसै सपनाले उनलाई जादूगर र विभिन्न बाबाहरुको समिपमा पुर्याएको थियो । उनी आनन्दनगर क्षेत्रमा परदेशी बाबाको कूटिमा थुप्रै घण्टा बिताउँथे ।

तर, प्रहरीले अहिलेसम्म हत्याको कारण यही हो भनेर भन्न सकेको छैन् ।

यसअघि पनि बाबाहरुको चक्करमा परेर उनले परिवारका सदस्यहरुलाइ मार्ने कोसिस गरेको सर्वसाधारणले बताएका छन् । दुई वर्षअघि तान्त्रिकले दिएको दबाई खानामा मिलएर खुवाउँदा परिवारका सदस्यहरु अस्ताल भर्ना गर्नुपरेको थियो । पछि खानामा विष भएको पुष्टि भएको थियो ।

यसपटक पनि उनले यसैगरी पार्टीको बाहनामा सबैलाई आफ्नो घर बोलाएका थिए । त्यसपछि सबैलाई खानामा औषधि हालेर लठ्याई घाँटी रेटेका थिए । अन्तिममा आफै झुण्डिए । हसनैन चार्टट एकाउन्टेन्सीका विद्यार्थी थिए ।