१ कार्तिक २०८३, शनिबार

उडिरहेको विमानमा बालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

planeमस्को (रुस), १९ फागुन । विमान दुर्घटनाका खबरहरु आइरहेका बेला बुधबार फेरि अर्काे दुर्घटनाको खबर सार्वजनिक भएको छ ।

यो खबर रुसको हो । समाचार अनुसार चीनको सांघाईबाट जर्मनीका लागि उडेको एक विमानमा सवार ९ वर्षीया बालिकाको मृत्यु भएको छ ।

चिनियाँ मुलकी इटालियन बालिकाको अचानक स्वास्थ्य अवस्था बिग्रिएर मृत्यु भएको हो ।

लुफ्तान्जा एअरको विमानमा यात्रा गरिरहेकी ती बालिकाको स्वास्थ्य अवस्था बिग्रिएपछि विमानलाई रुसमा आकस्मिक अवतरण गराइएको थियो । विमानस्थलमै चिकित्सकले स्वास्थ्य परीक्षण गर्नासाथ उनलाई मृत घोषित गरेका थिए ।

नौ वर्षीय ती बालिकालाई विमानमा स्वास लिन कठिन भएको बताइन्छ । मृतक बालिकाको पहिचान र विस्तृत विवरण भने खुलाइएको छैन ।