
काठमाडौं, १७ फागुन । नेपालमा लगातार भएका विमान दुर्घटनाले त्रास सिर्जना भइरहेका बेला छिमेकी देश भारतमा भने एक विमान ठूलो दुर्घटनामा बचेको छ ।
छत्तीसगढका मुख्यमंत्री डा. रमन सिंह चढेको हेलिकप्टरले सुकमाबाट फर्किने क्रममा हवामा अचानक सन्तुलन गुमाएको थियो । उडिरहेको हेलिकप्टर केही कारणले खराबी आएपछि सिंहको सातो गएको भारतीय च्यानल आजतकले जनाएको छ ।
जतिबेला यो घटना भयो त्यो बेला हेलिकप्टर जमीनबाट चार हजार फीटको उचाईमा उडिरहेको थियो । अचानक खराबी आएपछि हेलिकप्टर हल्लिएर १५० फीट तल उड्न थाल्यो । पाइलटले बल्ल बल्ल हेलिकप्टरलाई कन्ट्रोल गरेका थिए । ठूलो दुर्घटनाबाट बचेपछि सबैले लामो सांस लिएका छन् ।















प्रतिक्रिया