३१ आश्विन २०८३, शनिबार

प्रियंकाले ओस्कर अवार्डमा देखाइन आफ्नो हैसियत !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

priyanka-chopra-ring

मुम्बई । हाल बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउड बन्ने कसरतमा छिन् । यसका लागि उनले खुबै मेहनत पनि गरिरहेकी छिन् ।

यसैक्रममा सोमबार अमेरिकाको लसएन्जलमा आयोजित अस्कर अवार्डको ८८ औं संस्करणमा प्रियंकाले आफ्नो हैसियत विश्वसामू देखाइन् । ओस्कर अवार्ड हलिउड तथा विश्वका कलाकारका लागि सर्वाेच्च अवार्ड हो ।

उक्त अवार्डमा सहभागी प्रियंकाले आफ्नो एउटै गहनाले सबैको ध्यान खिच्न सफल भइन् । अवार्डमा उनले लगाएको गहनाको मुल्य ८ मिलियन डलर थियो अर्थात नेपाली रुपैयाँ भन्दा ८ करोड हुन आउँछ । जसले विश्वको ध्यान खिच्यो ।

lady-gaga-ringप्रियंकासँगै हलिउड गायिका एवं चर्चित पप स्टार लेडी गागाले पनि ८ मिलियन डलरकै गहना लगाएकी थिईन् । २९ बर्षकी लेडीले कानमा लगाएको गहनाको मुल्य ८ मिलियन डलर थियो । कानमा चम्किएको उनको डाइमन्डलाई ‘इमिरेल्ड कट’ भनिन्छ ।

यस्तै, नायिका तथा गायिका प्रियंका चोपडाले लगाएको ५० क्यारेटको डाइमन्डले पनि उनलाई रेड कार्पेटमा चम्काएको थियो । उनले कानमा लगाएको रिङको मुल्य ३.२ मिलियन डलर थियो भने बाँकी रकम उनले हातमा लगाएको डाइमन्डको लागि खर्च गरेकी थिइन् ।

यी दुबै सुन्दरीले ८० लाख डलर बराबरको गहना लगाएर रेड कार्पेटमा उत्रिएर फोटो पत्रकारदेखि अवार्ड हेर्न उपस्थित सबैको ध्यान आफूतिर खिचेका थिए ।