काठमाडौं, १७ फागुन । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालविरुद्ध अदालतमा देशद्रोहको मुद्दा दर्ता भएको छ ।
भारतको केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीका केही नेताहरुले केजरीवालसहित कांग्रेसका उपाध्यक्ष राहुल गान्धि र कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीविरुद्ध मुद्दा हालेका हुन् ।
उनीहरुले जेएनयु विश्वविद्यालय घटनाका आरोपीलाई देशद्रोही भन्दै उनीहरुलाई समर्थन गरेको भन्दै तीनै नेताविरुद्ध देशद्रोहको मुद्दा लगाएका हुन् ।
आफूविरुद्ध मुद्दा परेपछि आम आदमी पार्टीका संयोजक समेत रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दलित, गरिब र पिछडिएका समुदायको पक्षमा आवाज उठाउने व्यक्ति देशद्रोही भनिएकोमा आपत्ति जनाए ।
उनले भने– ‘म गरिब र दलितका लागि संघर्ष गरिरहनेछु । एउटा कुरा भन्छु नरेन्द्र मोदी जी भन्दा ठूलो देशभक्त हुँ म ।’















प्रतिक्रिया