
– अनिल खत्री
गुल्मी, १५ फागुन । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले बिद्यालयका हरेक दुःखमा आफ्नो सहयोग रहँदै आएको बताउँदै आगामी दिनमा पनि मुकदर्शक भएर नबस्ने बताउनुभएको छ ।
गुल्मीको इस्मा दोहोलीमा रहेको रामराज्य उमाविको स्वर्ण महोत्सवको उद्घाटन गर्दै पुर्व उर्जामन्त्री तथा गुल्मी क्षेत्र नं ३ का सांसद गोकर्ण बिष्टले आफु यस बिद्यालयको बिद्यार्थी र जनप्रतिनिधी भएकाले आफ्नो अभावमा पनि भोलीका पुस्ताले सम्झना गर्न लायक काम गर्ने बताउनुभयो ।
उहाँले बिद्यालयको बिकासमा मात्र आफुनो भुमिका नभएर सिंगो क्षेत्रकै विकासका लागी आफु दत्तचित्त भएर लाग्ने उहाँले बताउनुभयो । बिष्टले यस बिद्यालय सधै गरिव र असाहयको पक्षमा रहनुपर्ने बताउँदै अव आर्थिक अभावकै कारण शिक्षा लिनबाट बञ्चित हुनुनपर्ने बताउनु भयो ।
देश बिभिन्न समयमा ठुला–ठुला समस्या आउँदा पनि आफुले यस क्षेत्रको लागी करोडौका योजना ल्याएको बताउँदै यो जनताका लागी खुसीको कुरा भएको बताउनुभयो । नेता बिष्टले उक्त बिद्यालयमा कक्षा ८ सम्म अध्ययन गर्नु भएको थियो ।












प्रतिक्रिया