
सिरहा, १५ फागुन । सिरहाको ईटारी प्रसाई गाविस १ स्थित कमला खोलाको धार छेउमा आधा शरिर जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
शुक्रवार फेला परेको उक्त शवको सनाखत भने हुन सकेको छैन् ।
अन्दाजी २०/२५ वर्षको जस्तो देखिने, दुवै हातको हत्केला र खुट्टाको पैताला वर्ण गहुँ गोरी, हात र खुट्टाको नङहरुमा सेतो क्रिम कलरको नम्पालिस लगाएको जल्न बाँकि रहेको अवस्थामा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
आधा शरीर जलिसकेको हुनाले कपडा कुन लगाएको थियो भन्ने विषयमा पनि केहि खुल्न नसकेको प्रहरीको भनाई छ ।
घटनास्थलमा रगतका छिटाहरु समेत देखिन्छ । शुक्रवार दिउँसो लाश फेलापरेपछि घटनास्थलमा स्थानीयको भिड लागेको थियो ।
त्यहाँ पुगेका अधिकांश व्यक्तिले कुनै न कुनै कारणले महिलाको हत्या गरी कोही नदेखास् भनेर नदीको छेउमा फालेको हुनसक्ने बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया