
उर्लावारी, १५ फागुन । नेकपा एमालले सञ्चालन गरेको तीन महिने जागरण अभियान अन्र्तगत मोरङको जाँतेमा बुद्धिजीवी, व्यापारी तथा समाजसेवीहरुको भेला सम्पन्न भएको छ ।
जाँते गाविसको सभाहलमा भएको भेलामा एमालेले सञ्चालन गरेको जागरण अभियानको समीक्षा गर्नुका साथै आगामी फागुन २२ गते विराटनगरमा हुने आमसभाको विषयमा छलफल भएको थियो ।
भेलाले विराटनगरमा आयोजना हुने आमसभाका लागि जाँतेबाट ३ वटा बसमा डेढ सय बढी कार्यकर्ता लैजाने निर्णय समेत भएको छ ।
एमालेले सञ्चालन गरेको तीन महिने जागरण अभियान समापनको अवसरमा फागुन २२ गते विराटनगरमा हुने आमसभामा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल लगायतका केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भेलाले यामनाथ सुबेदीको अध्यक्षतामा ५ सदस्यीय एमाले निकट जाँते व्यापार संघ तदर्थ समिति समेत गठन गरेको छ ।
आगामी एक महिना भित्रमा ५ सदस्यिय समितिलाई बढाएर ११ सदस्यीय बनाईने अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । भेला एमाले मोरङ क्षेत्र नम्बर ९ का अध्यक्ष गंगाप्रसाद बाँस्तोलाको प्रमुख आतिथ्यता तथा गाउँ अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।












प्रतिक्रिया