
काठमाडौं, १४ फागुन । प्रधानमन्त्रीले पाइपबाट घरघरमा ग्यास पुगाउने योजना सार्वजनिक गरेसँगै काठमाडौंमा जमिनबाट आफै ग्यास निस्किएको छ ।
स्थानीय बासिन्दाका अनुसार राजधानीको कोटेश्वरमा प्राकृतिक ग्यास फेला परेको हो । शुक्रबार साँझा कोटेश्वरचोकबाट ५० मिटर दक्षिणतर्फ सडक विस्तारका क्रममा खनेको खाल्डोबाट ग्यास निस्किएको हो ।
खाल्डोमा रहेको पानी घाममा उम्लने र माटो पाके जस्तो देखिएपछि स्थानीयले सलाइ कोरेर आगो लगाएका थिए । सो स्थानमा लामो समयसम्म पनि निरन्तर आगो बलिरहेको बताइएको छ ।
यसअघि विज्ञहरुले काठमाडौं उपत्यकाभित्र लाखौं टन परिमाणमा ग्यास रहेको तथ्या सार्वजनिक गरेका थिए ।
भिडियो स्रोतः इमेज च्यानल












प्रतिक्रिया