१५ कार्तिक २०८३, आइतबार

नक्कली नोटसहित काठमाडौंमा दुई भारतीय पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisaकाठमाडौँ, १४ फागुन । नक्कली भारतीय नोटको कारोबार गरेको अभियोगमा २ जनालाई प्रहरीले भारतीय ५ सयको नोट ११ थान सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत उत्तरप्रदेश सिद्धार्थ नगर बस्ने २६ बर्षीय शसेर खान र भारत विहार किशनगंज बस्ने २० बर्षीय सरफराह खान रहेका छन् ।

महानगरीय प्रहरी बृत्त सिहदरवारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विहिबार काठमाडौँ महानगरपालिका–३१ प्रदर्शनिमार्ग स्थित भृकुटीमण्डप स्थित खुल्ला बजारबाट उक्त नोट सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।