काठमाडौँ, ८ साउन । म्यागासेसे पुरस्कार बिजेता महावीर पुनले फेरि २० हजार अमेरिकी डलरसहितको अवार्ड प्राप्त गर्नुभएको छ ।
ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्याउनसफल भएपछि पुनले सन् २००७ मा एशियाको नोबेल पुरस्कारका रुपमा चिनिने प्रसिद्ध म्यागसेसे पुरस्कार प्राप्त गर्नुभएको थियो। त्यसको केही बर्षपछि फेरि उहाँले महत्वपूर्ण अन्तराष्ट्रिय अवार्ड प्राप्त गर्नुभएको हो ।
इन्टरनेट सोसाइटीले यस वर्षको ‘जोनाथन बी पोष्टल अवार्ड’ पुनलाई प्रदान गरेको हो । हालै टोरोन्टोमा सम्पन्न इन्टरनेट इन्जिनियरिङ टास्कफोर्सको ९० औं सम्मेलनमा उनलाई उक्त राशी बरावरको अवार्ड प्राप्त गर्नुभएको हो । ‘नेपाल वायरलेस नेटवर्क’ परियोजना स्थापना गरी ग्रामीण बस्तीलाई इन्टरनेटसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको भन्दै इन्टरनेट सोसाइटीले यो वर्षको अवार्ड पुनलाई प्रदान गरेको जनाएको छ ।
पुनले अहिले १५ जिल्लाका करिव १ सय ७५ गाउँलाई इन्टरनेट नेटवर्कमा जोड्नु भएको छ । पुनले सन् २००७ मा
अमेरिकाको नेब्रस्का विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातक गरेर २०४८ सालतिर म्याग्दी फर्किनु भएका पुनले आफ्नै खर्चमा म्याग्दी जिल्लाबाट इन्टरनेट अभियानको शुरुवात गर्नुभएको थियो ।
म्याग्दी जिल्लाको राम्चे गाविसस्थित नागीका बासिन्दा पुनले अमेरिकाको सेही विद्यालयबाट स्नातकोत्तर पछि स्नातकोत्तर गर्नुभएको थियो ।













प्रतिक्रिया