३१ आश्विन २०८३, शनिबार

आफ्नै सुदूरपश्चिममा नेता देउवालाई कडा झापड !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalit Sing Boharaदार्चुला, ११ फागुन । नेपाली कांग्रेस दार्चुलाको सभापतिमा संस्थापन पक्षका ललितसिंह बोहरा अत्यधिक मतसहित विजयी भएका छन् । बोहराले २ सय ४७ मत ल्याएर विजयी भएका हुन् ।

सभापति पदका लागि आइतबार निर्वाचन भएको थियो । मतगणना सोमबार बेलुका सम्पन्न भएको हो । मतदानमा जम्मा ४ सय ९ मत खसेकोमा ४ सय ४ सदर भएको छ । जसमा ५ म तबदर भए ।

बोहराका प्रतिद्वन्द्वी गोपालदत्त जोशीले ३२ मत मात्रै पाए । उनी शेरबहादुर देउवा निकटका उम्मेदवार हुन् ।

त्यसै गरी सभापति निर्वाचनमा पराजित हुनेहरूमध्ये गौरीशंकर गिरीले १२, नरेन्द्रसिंह धामीले ४५, मदन गिरीले ५० तथा महादेव बडु कश्यपले १८ मत ल्याएका थिए । बोहरासँग प्रतिस्पर्धामा उत्रिएका अधिकांश नेताहरू देउवा समूहकै हुन् ।

यस्तै महासमिति सदस्य, सचिव, कोषाध्यक्ष र जिल्ला कार्य समिति सदस्यको मतगणना मंगलबार बिहान हुने जनाइएको छ ।

सभापतिमा निर्वाचित भएको घोषणापछि सम्बोधन गर्दै नव निर्वाचित बोहराले सभापतिमा पराजित भएकाहरूलाई समेटेर लैजाने आश्वासन दिएका छन् ।