इस्लामावाद, १० फागुन । अफगानिस्तान र पाकिस्तानको सीमाक्षेत्रमा भएको अमेरिकी चालकरहित विमान आक्रमणमा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ ।
आज विहान संदिग्ध आतंककारीलाई लक्षित गरी गरिएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।
स्थानीय सञ्चारमाध्यमले उत्तरपश्चिमी पाकिस्तानको कुराम एजेन्सीनजिकै आदिवासी इलाकामा सो आक्रमण भएको जनाएका छन् ।
यो आक्रमण पाकिस्तानतर्फबाट भएको या अफगानिस्तानबाट भन्ने विषय भने प्रष्ट हुन सकेको छैन । चालरहित विमान आक्रमणमा दुई वटा सवारी साधनसमेत ध्वस्त भएको बताइएको छ । मारिएका व्यक्तिहरुको पहिचान खुल्न सकेको छैन ।
पाकिस्तानमा भएको चालकरहित विमान आक्रमण सन् २०१५ को तुलानामा सन् २०१६ मा कम भएको बताइएको छ ।















प्रतिक्रिया