
काठमाडौँ, ९ फागुन । जनतान्त्रिक टाईगर जनशक्ति पार्टी नामको भुमिगत संगठनको नाममा हत्या कार्यमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जनतान्त्रिक टाईगर जनशक्ति पार्टी नामक भुमिगत संगठनको सैन्य कमाण्डर हुँ भनी बताउने सिराहा राजपुर–१ रजोखर बस्ने २४ बर्षीय रामरिझन यादव, धनुषा गणेशमान चारनाथ नगरपालिका–२ बस्ने ४२ बर्षीय जोगिन्द्र महतो, २२ बर्षीय नागे साह, २४ बर्षीय शुभ नारायण यादव, धनुषाधाम नगरपालिका–८ बस्ने ३५ बर्षीय प्रमोद कुमार पुर्वे, सिराहा मिर्चेया बस्ने २४ बर्षीय बेचन पासवान र सिराहा राजपुर–१ बस्ने ३५ बर्षीय जसलाल यादव रहेका छन् ।
धनुषा बालाबखर–४ बैरीया टोल स्थित सडकमा गत माघ २२ गते सोही ठाउँ बस्ने ५० बर्षीय राजेन्द्र प्रसाद यादबलाई उनीहरुले गोली प्रहार गरी हत्या गर्नुको साथै माघ २३ गते धनुषा गणेशमान चारनाथ नगरपालिका–४ स्थित वीरेन्द्र बजारमा ४५ बर्षीय नसिव मियाँ राईन र कमला नदीको पुलमा सिराहा बडहरामाल–३ बस्ने २५ बर्षीय राम सोगारथ महतोलाई गोली प्रहार गरी सख्त घाइते बनाई फरार रहेका थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो समेतबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।















प्रतिक्रिया