३१ आश्विन २०८३, शनिबार

प्रचण्डलाई अर्काे ठूलो धक्का (प्रमाणसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahalकाठमाडौं, ९ फागुन । फुटको सिकार बन्दै आएको माओवादी पार्टी पछिल्लो समय बाबुराम भट्टराईले स्थापना गरेको नयाँ शक्ति अभियानका कारण झन कमजोर बनेको छ ।

जसको मुख्य असर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीलाई परेको छ । धेरै नेताहरुले एमाओवादी छाडेर नयाँ शक्तिबाट राजनीतिक यात्रा सुरु गरिसकेका छन् । धेरै गर्ने क्रममा छन् । यसैक्रममा आइतबार एमाओवादीका पोलिटब्यूरो सदस्य धु्रव पराजुलीले बाबुरामको नयाँ शक्तिबाट राजनीतिक यात्राको सुरुआत गरेका छन् ।

पार्टी परित्यागको घोषणा गरि एक विज्ञप्ति जारी गर्दै पराजुलीले आर्थिक संवृद्धि हाँसिल गरेर प्राप्त राजनीतिक उपलब्धीहरु पनि संस्थागत हुदैछन् भन्ने विश्वास निर्माण गर्न भिजनधारी नेतृत्व सहितको नयाँनिति, विधि, कार्यप्रणाली र कार्ययोजना विकास गर्न जरुरी रहेको र सोका लागि नयाँ शक्ति योग्य भएकाले आफू त्यसतर्फ लागेको बताएका छन् ।

सिन्धुपाल्चोकका पराजुलीसँगै गोबिन्द पराजुली दिलबहादुर श्रेष्ठ र बाबुराम कार्कीले पनि एमाओवादी परित्यागको घोषणा गरेका छन् ।

यसअघि देबेन्द्र पौडेल, रामचन्द्र झा लगायतका उच्च नेताहरुले प्रचण्ड नेतृत्वको एमाओवादी छाडेर बाबुरामको नयाँ शक्तिमा लागेका थिए । नेता कार्यकर्ता धमाधम नयाँ शक्तिमा जान थालेपछि प्रचण्ड र एमाओवादीलाई ठूलो झट्का लागिरहेको छ ।

हेर्नुस् प्रमाणः

sss