दाङ, ७ साउन । दाङको देउखुरीमा सतबरीया ५ की २२ वर्षीया हेमा चौधरीलाई उनकै प्रेमी यमराज परियार र उनका साथी शिबप्रसाद चौधरीले हत्या गरेको रहस्य फेला परेको छ ।
उनीहरुले हेमाको हत्या गरी खोलामा गाडेका थिए । हेमाको हत्या भएको भन्दै उनका पक्षकाले प्रहरीमा उजुरु दिएका थिए । त्यही उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरी हत्या गरेको पत्ता लगाएको हो ।
अनुसन्धानकै क्रममा प्रहरीले २ महिना अघि हत्या गरी हेमालाई गाढेको ठाउँबाठ कंकाल फेला पारेको छ । प्रहरीका अनुसार हेमा र यमराजको केही समयदेखि प्रेम सम्बन्ध रहेको र सोही क्रममा हेमा गर्भवती भएकी थिईन ।
हेमाले प्रेमी यमराजलाई आफू गर्भवति भएको जानकारी गराएपनि उनले हेमाको गर्भलाई आफ्नो अस्वीकार गरी हत्याको योजना बनाएको थियो । हेमाले भने यमराजलाई विवाह गर्न बारम्बार दवाव दिने गरेकी थिइन ।
हत्या गर्ने योजनामै यमराजले बिबाहको नाटक गरी हेमालाई घरबाट बाहिर निकाली हत्या गरेको थियो । परिवारको उजुरीका आधारमा पक्राउ परेका यमराजको बयानका आधारमा हेमाको कंकाल फेला परेको हो ।













प्रतिक्रिया