३१ आश्विन २०८३, शनिबार

संसदको बैठक सुरू, मधेसी मोर्चाद्वारा बहिष्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bicc-Sambidhan-sava-bhawan2काठमाडौं, ५ फागुन । तोकिएको समयभन्दा निक्कै ढिला गरेर सुरू भएको संसदको बैठक मधेसी मोर्चाले फेरि बहिष्कार गरेको छ । यसअघि हिजो बसेको संसद बैठक भने मधेसी मोर्चाले बहिष्कार गरेको थिएन ।

सांसद नरसिंह चौधरीले मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।

संसदको बैठक सुरू हुनेवित्तिकै समय लिएर बोल्दै सांसद चौधरीले आफूहरूको आन्दोलन र मागलाई सुनुवाइ गर्न सरकार तयार नरहेको बताए ।

उनले आफूहरूको अधिकारको आन्दोलन जारी रहेको भन्दै आजको संसद बैठक बहिष्कारको घोषणा गरे ।

बिहान एघार बजेका लागि बोलाइएको संसद बैठक दलहरूको व्यस्तताका कारण ढिला गरेर सुरू भएको हो ।