
दाङ, २ फागुन । दाङका युवा पत्रकार निशानदाजु भट्टराइले आज आइतबार परेको प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे सिर्जनशिल कार्य गरी मनाएका छन् ।
उनले भ्यालेन्टाइन डे अवसर पारेर रक्तदान गरेका हुन् । घोराही निवासी युवा ब्यवसायी गेहन्द्र बस्नेतकी भाउजुलाई रगत आवश्यक भएपछि गणतन्त्र राष्ट्रिय दैनिक घोराहीमा कार्यरत पत्रकार भट्टराईले सोहि अवसर पारेर रक्तदान गरेको थिए ।
घोराहीस्थित रक्त सञ्चार केन्द्रमा पुगेर रक्तदान गरेका गणतन्त्र राष्ट्रिय दैनिकका अनलाइन सह–सम्पादक भट्टराइले भ्यालेन्टाइन डे सबैसंग माया, सद्भाव गर्ने अवसर भएकाले आफूले रक्तदान गरेर उक्त दिन सम्झीएको बताए ।













प्रतिक्रिया