
विराटनगर, २ फागुन । पूर्वाञ्चल विश्वविद्यालयको सुधारका लागि विद्यालय प्रशासनलाई २१ बुँदे ज्ञापनपत्र बुझाइएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले आइतबार विश्वविद्यालय सुधारका निम्ति विश्वविद्यालय पदाधिकारीलाई केन्द्रिय कार्यालय बिराटनगर पुगेर २२ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
सरोकार समाज अध्यक्ष सञ्जिब रोकाको नेतृत्वमा विश्वविद्यालय केन्द्रीय कार्यालय पुगेको समाजको टोलीले विश्वविद्यालय सुधारकानिमित्त स्पष्ट कार्ययोजनाको माग गर्दै उपकुलपति प्रा डा घनश्याम लाल दासलाई २२ बुँदे सुझाव समेटिएको ज्ञापन पत्र बुझाएको हो ।
सो टोलीमा सरोकार समाजका सल्लाहकार तथा एमाले नेता घनेन्द्र बस्नेत सल्लाहकार तथा बुद्दिजिवी भिम बस्नेत, टिका गौतम, सन्तोष कार्की, रुपक घिमिरे, सुशील रिजाल, चन्द्र रिजाल लगायत २५ जना प्रतिनिधिको सहभागिता थियो ।
समाजले विश्वविद्यालयको शिक्षालाई गाउँ गाउँसम्म पुगाउनुपर्ने, समय सुहाउँदो शिक्षाको विकास, अध्ययन केन्द्रहरुको स्थापना, परीक्षालाई विश्वसनीय बनाई समयमै नतिजा दिने लगायतका सुझावसहितको २२ बुँदे माग विश्वविद्यालय समक्ष प्रस्तुत गरेको हो ।
हेर्नुस् २२ बुँदे विज्ञप्तिः













प्रतिक्रिया