काठमाडौं, २ फागुन । प्रकृतिलाई माया गरौ अभियानको सातौ वार्षिक उत्सव अन्तरराष्ट्रिय ब्यापी रुपमा मनाइने भएको छ ।
बिगत सात बर्ष देखी १४ फेब्रुवरी लाई संसारले दुई मुटु बिचको माया का रुपमा मनाएपनी सेभ द प्लानेट ले मुटु र प्रक्रिती बिचको मायाका रुपमा मनाउदै प्रकृतिलाई नै आफ्नो असल भ्यालेन्टाइन का रुपमा सम्मान गर्दै आएको छ ।
जनसङ्ख्या तथा बातावरण मन्त्री विशेन्द्र पासावान तथा बन मन्त्रालयका सचिब उदय चन्द्र ठाकुर को प्रमुख तथा बिशेष आथित्यमा सम्पन्न हुने कार्यक्रममा महनायक राजेश हमाल तथा मिस नेपाल इभाना मानन्धर सहित बातावरण क्षेत्रमा कार्यरत विभिन्न संघ सस्था का प्रतिनिधि र सामाजिक ब्यक्तित्व साथै बिभिन्न स्कुल र कलेजका विद्यार्थीको सहभागिता हुनेछ ।
यो बर्षको कार्यक्रमको प्रमुख बिषय बस्तु लोपुन्मुख प्रजाती, उर्जा संकट र बातावरण मैत्री पुनर्निर्माण रहेको छ। उक्त बिषय बस्तुलाई बक्त्यब्य मार्फत बिचार , कला मार्फत सिर्जना, सिग्नेचर मार्फत प्रतिबध्धता, सफाइ र हरियाली मार्फत स्वास्थ्य र संचार मध्यम मार्फत जनचेतना समेटिएका प्रमुख गतिबिधिहरु हुनेछन।
अन्तरराष्ट्रिय सहभागितामा नोबेल पुरस्कार बिजेता तथा आइपिसिसिका निबर्तमान प्रमुख डा राजेन्द्र पचौरी साथै ग्रीन स्कुल अलाइन्स अमेरिकाका शारोन जोह्न ले स्काइप मार्फत सम्बोधन गर्ने उक्त कार्यक्रममा भर्खरै बनेको सन्देश मुलक चलचित्र लभ दि नेचर को लाइभ प्रशारण पनि गरिने छ ।
सातौ वार्षिक उत्सब सात वटा बिभिन्न प्रजातिका विरुवा रोपेर सम्पन्न गर्ने सस्थाका प्रमुख तथा अभियानका सम्योजक यादव भण्डारी ले जानकारी गराउनु भएको छ।












प्रतिक्रिया