१५ कार्तिक २०८३, आइतबार

पार्टी एकताका लागि सोमबार दुई राप्रवाबीच वार्ता, गृहकार्य तीब्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rpp-Rpp-Nepal-300x225काठमाडौं, २ फागुन । पार्टी एकीकरणका लागि गृहकार्य स्वरुप भोलि सोमबार राप्रपा र राप्रपा नेपालबीच भोलि वार्ता हुने भएको छ । वार्ताको तयारी स्वरुप दुबै राप्रपाले आआफ्ना शीर्ष नेताहरूसँग परामर्श गरेका छन् ।

राप्रपा र राप्रपा नेपालबीच भोलि दिउँसो १ बजे सिंहदरबारमा वार्ताको समय तोकिएको छ । सरकारमा सहभागी भएका दुबै राप्रपाले वार्ता गर्न उच्चस्तरीय वार्ता टोली पनि गठनगरिसकेका छन् ।

राप्रपाका सहप्रवक्ता किरण गिरीले राजनीतिक कार्यदिशा र सिद्धान्त मिल्छ भने दुबै पार्टीलाई मिलाएर लैजाँदा राम्रो रहनेभन्दै कार्यकर्ताहरूबाट दबाव आएकाले एकीकरणको प्रयास थालिएको बताउनुभयो ।

‘दुबै राप्रपाबीच एकीकरणको प्रयास सुरू भएको छ’, गिरीले भननुभयो, ‘राप्रपाका शीर्ष नेताहरूसँग परामर्श गरेर राप्रपा नेपालसँगको भोलिको वार्ता कसरी अगडि बढाउने भन्ने विषयमा सरसल्लाह गरिएको छ ।’

दुई राप्रपा एकीकरणका लागि प्रयासहरू भए पनि त्यसले ठोस आकार पाउन सकेको छैन । यस पटक दुबै राप्रपालाई एकीकरण गरेर लैजान दुबै पक्षले गम्भीरता देखाएको सहप्रवक्ता गिरीको भनाइ छ ।