
भद्रपुर, १ फागुन । सरस्वती पूजा खाएर फर्किरहेका एक बालकलाई काँकरभिट्टामा मिनी बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
आज दिउँसो करिब १ बजे मेचीनगर नगरपालिका वडा नं ९ निवासी बालक सन्तोष शिवाकोटीलाई ना ५ ख १८९१ नंको मिनी बसले ठक्कर दिएको थियो भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको छ ।
उनी आफ्नो विद्यालयमा सरस्वती पूजा मनाएर घर फर्किरहेका थिए । रासस












प्रतिक्रिया