१५ कार्तिक २०८३, आइतबार

‘विप्लव’ माओवादीले मार्चपास गर्ने, भक्तपुरमा दीप प्रज्वलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao Biplav Tilak Mallaकाठमाडौं, २९ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले २१औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा राजधानीका विभिन्न स्थानमा दीप प्रज्वलन गरेको छ ।

शुक्रबार साँझ विप्लव माओवादीले भक्तपुरमा दीप प्रज्वलन गरिएको जिल्ला इञ्चार्ज तिलक मल्ल ‘क्षितिज’ले जानकारी दिए ।

२१औँ जनयुद्ध दिवस मनाउने क्रममा पार्टी केन्द्रको निर्णयअनुसार भक्तपुर जिल्लामा दीप प्रज्वलन गरी शहीदलाई स्मरण गरिएको मल्लले बताए ।

Biplav Maobadiयसैबीच, विप्लव माओवादीले काठमाडौं र ललितपुर जिल्लाहरूमा पनि विभिन्न कार्यक्रम गरेको छ ।

‘विप्लव’ माओवादीले शनिबार मध्यान्ह १२ बजेदेखि मार्चपास गर्दैछ । काठमाडौंको शान्तिबाटकाबाट विप्लव माओवादीले मार्चपासहित नगर परिक्रमा गर्ने जनाएको छ ।

स्रोतका अनुसार रातो टिसर्ट र टोपी लगाएका जनस्वयं सेवकका सदस्यहरूले मार्चपास गर्ने छन् ।

मार्चपासका लागि ‘विप्लव’ माओवादीले सम्पूर्ण तयारी गरेको छ । मार्चपासकै लागि ‘विप्लव’ माओवादीले एकसातादेखि गोप्य तयारी गरेको थियो ।