
– दिलीप कुमार
सिरहा, २९ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले केही बेर सिरहाको लहानमा मशाल जुलुस प्रदर्शन गरेका छन् ।
मोर्चाले मधेश आन्दोलन स्थगन र फिर्ता नभएको भन्दै मशाल जुलुश प्रदर्शन गरेका हुन् । लहानको मुख्य चौक लगायत पूर्व पश्चिम लोकमार्ग र बजारको सडकमा मशाल जुलूश प्रदर्शन गरिएको छ ।
मशाल जुलूशमा सहभागि नेता तथा कार्यकर्ताहरुले ‘मधेसको माग पुरा गर, मधेस आन्दोलन जारी छ’ लगायतका नारा लगाएका थिए ।
६ महिनाको निरन्तरको मधेस आन्दोलनले मधेसको माग सम्बोधन गर्न सरकारलाई दवाव नपुगेको भन्दै मधेसी दलहरु बीच महागठबन्धनको तयारी थालिएको स्थानीय मधेसी नेता तथा कार्यकर्ताहरु खुसी देखिएका छन् ।
मशाल जुलूश पछि कोण सभाको क्रममा अधिकांश वक्ताहरुले तत्काल महागठबन्धन निर्माण गरी आन्दोलनको नया स्वरुपको कार्यक्रम घोषणा गर्नुपर्ने बताएका छन् । उनीहरुले मधेसको माग सम्बोधनको लागि बर्तमान सरकारलाई दवाव दिन महागठबन्धनमा जेपी गुप्तालाई ल्याउनलाई समेत माग गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालका नेता दिनेश यादवले विगतका तुसहरुलाई त्यागेर मोर्चामा रहेका नेताहरुले जेपी गुप्तालाई समेत महागठबन्धनमा ल्याउनुपर्ने बताए ।
यस्तै तराई मधेस सद्भावना पार्टीका सिरहा जिल्ला युवा अध्यक्ष मनोज कुमार यादवले महागठबन्धन निर्माणमा मोर्चाका कुनै पनि नेताले आफू नै ठूलो हुँ, अरु सवै खराब भन्ने भावना त्याग्नुपर्ने बताए ।












प्रतिक्रिया