३१ आश्विन २०८३, शनिबार

बालुवाटारमा सर्वदलीय बैठक सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-niwas-baluwatar

काठमाडौं, २९ माघ । भारत भ्रमण र मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा ३० दलका नेताहरु सहभागी छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार अगामी फागुन ७ गतेबाट प्रधानमन्त्रीले गर्ने भारत भ्रमणका विषयमा बैठकमा छलफल हुनेछ ।

साथै मधेस आन्दोलन, पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल हुँदैछ । यसअघि बालुवाटारमै प्रमुख तीन दल र विहान मधेसी मोर्चाको कार्यदलबीच छलफल भएको थियो ।