३१ आश्विन २०८३, शनिबार

विश्वकप क्रिकेटः नेपाल र नामिबियाबीच खेल जारी (हेर्नुस् लाईभ भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

U-19

काठमाडौं, २८ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको ‘प्ले अप’ खेलमा नामिबियाले नेपालसामू २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बंगलादेशको फतुल्लाह मैदानमा टस जितेर ब्याटिङ रोजेको नामिबियाले निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाएर २२५ रन बनायो ।

सुरुवाती चरणमा कमजोर व्याटिङ गरिरहेको नामिबियाका फ्रान्कोइस रौटेनब्याक र मिचेन भाल लिनगेनले छैठौं विकेटमा ९९ रनको साझेदारी गरेपछि स्कोर ह्वात्तै बढ्यो ।
रोनेटव्याकले ३० बलमा २ चौका र २ छक्का प्रहार गरी ३९ र भान लिनगेनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरी ५८ रन बनाए । यसअघि लोहान लरेन्सले ६९ रन बनाएका थिए ।
नेपालबाट सन्दिप लामिछानेले ९ ओभरमा ३५ रन खर्चेर ३, सुशील कंडेलले २ तथा सुनिल धमला र प्रेम तामाङले १–१ विकेट लिए ।

बिहान पौने ९ बजेका लागि तय भएपनि खेल कुहिरोका कारण अबरुद्ध भएको थियो । र खेललाई ४५ ओभरमा छोट्याइएको थियो ।

आजको खेल जित्नैपर्ने दबाब दुबै टिममाथि छ । किनभने आजको खेलले जित्ने एक टिमलाई न्युजिल्यान्डमा हुने विश्वकपमा सिधै प्रवेश गराउने छ भने हार्ने टिमले फेरि छनोटको नयाँ चरणबाट सुरु गर्नुपर्नेछ ।

तथ्यांक अनुसार नेपालले नामिबियासँग अहिलेसम्म ३ पटक खेलेको छ । जसमा नेपाल तीनै पटक विजयी भएको छ ।

यसअघि नेपाल आफ्नो पाँचौ खेलमा पाकिस्तानसँग पराजित भएको थियो । यो छैठौं खेल विश्वकपको बाटो पछ्याउन नेपालका लागि महत्वपूर्ण छ ।

आजको खेलले प्रतियोगितामा सातौं र आठौं स्थानमा रहने टिमको पनि निर्धारण गर्नेछ ।

हेर्नुस् भिडियो:

यो लिंकमा क्लिक गर्नुस्ः