१ कार्तिक २०८३, शनिबार

सैनिक विमान दुर्घटना, ६ जना सैनिकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

helicopter480नाइपिद्व, २७ माघ । म्यानमारमा बुधबार बिहान भएको सैनिकको एक सानो विमान दुर्घटनामा परी कम्तीमा पनि चार जना सैनिकको ज्यान गएको समाचार छ ।

राजधानी नाइपिद्वबाट नजिकैको एक विमानस्थलमा बुधबार बिहान सो विमान दुर्घटना भएको थियो । जहाज उड्ने समयमा खराबी देखिएको र उडेको केही समयपछि नै तत्कालै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

सो सानो सैनिक विमानले म्यानमारका चारजना सैनिक बोकेको जनाइएको छ । ती सैनिक बोकेर उड्न लागेको विमानमा आगोलागेको र अकस्मात खसेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

विमानस्थलनजिकै विमान खसेर आगोलागेपछि निकै ठूलो धुवाको मुस्लो निस्किएको थियो । उक्त दुर्घटनास्थलमा आगो लागेको विमान हेर्न ठूलो सङ्ख्याका व्यक्ति उपस्थित भएका थिए ।

तर यस विषयमा म्यानमारको सेनाले भने कुनै आधिकारिक भनाई सार्वजनिक गरेको छैन ।

इन्डोनेसियामा पनि सैनिक विमान दुर्घटनाग्रस्त, दुईको मृत्यु
यसैबीच इन्डोनेसियामा पनि बुधबार एक सैनिक विमान दुर्घटनाग्रस्त हुदा त्यसमा रहेका दुईजना सैनिकको ज्यान गएको छ ।

उक्त विमान परीक्षण उडानका रुपमा उडेका बेला दुर्घटनामा परेको बताइएको छ । त्यस सानो विमानमा कतिजना सैनिक रहेका थिए भन्ने बारेमा केही जानकारी दिइएको छैन ।

उक्त दुर्घटना इन्डोनेसियाको जाभा प्रान्तमा खसेको सेनाले जनाएको छ । रासस/एएफपी