३१ आश्विन २०८३, शनिबार

कोइरालालाई अस्पताल लैजान अल्छि गरेको रहस्य यसरी खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala-nidhan

ती युवा नेताको जिज्ञासा जायज थियो । कोइराला बिगत तीन दिनदेखि गम्भीर बिरामी हुँदा पनि एउटा प्रेस नोट प्रकाशित गर्न निजी सचिवालयले त सोँचेन नै कोइरालाको किचन क्याबिनेट भनेर मानिने केन्द्रीय सदस्य रामशरण महत, मीनेन्द्र रिजाल, दिलबहादुर घर्ती, आनन्दप्रसाद ढुङ्गाना, प्रवक्ता दिलेन्द्रप्रसाद बडूलगायत माथि गम्भीर प्रश्न पार्टी कार्यालयमा कार्याकर्ताले उठाएका छन् । कार्यकर्ताको यो जवाफ कांग्रेसले ठण्डा दिमागले दिनुपर्छ । कांग्रेसका एक जना केन्द्रीय सदस्य तथा युवा नेताले दैनिक नेपालसँग एउटा डरलाग्दो कुराको रहस्य खोलेका छन् । ती नेताले भने, ‘सुशील कोइरालालाई सोमबार राति नौ बजे साह्रो भएपछि आजलाई यत्तिकै भो भोलि उपचार गर्न लैजाउँला भनेर महाराजगञ्जस्थित निवासमै राखेका रहेछन् ।