– सुदिप निउरे
क्वालालम्पुर । मलेसियाले माग गरेको १५ लाख कामदारको प्रस्ताबित मस्यौदा बंगलादेशले पारित छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको बैठकले मस्यौदा पारित गरेको मन्त्रीपरिषदका सचिब मोहमद शफिउल आलमलाई उद्धृत गर्दै मलेसियन संचारमाध्यमले जनाएका छन् ।
साथै बैठकले कामदार पठाउदा लाग्ने खर्च (निर्बासन् लागत) बढीमा १ हजार ९ सय ८५ आरएम रोजगार दाता कम्पनीले नै ब्यहोर्नुपर्ने निर्णय गरेको सचिब आलमले बताए । यसलाइ नेपाली रुपैयासँग तुलना गर्दा लगभग अहिलेको सटही दर अनुसार ५१ हजार ६ सय हुन आउछ ।
यसबारे मलेसियाले कुनै प्रतिक्रिया दिएको छैन । यसबाहेक बंगादेशी कामदारको प्रतिब्यक्ति कुल् लागत बारेमा केहि खुलाइएको छैन । अबको एक महिनाभित्र यी दुई देशबीच सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ । मलेसिया आएका आप्रबासी कामदार मध्य सबै भन्दा बढी लागत बुझाउनेमा बंगलादेशी पर्ने गर्दछन् ।
बंगलादेश सरकारले आफनै मातहत अर्थात जिटुजी (सरकार सरकारबीच) सिस्टम अन्तर्गतकै ब्यबस्थापनमा निजी कम्पनीहरु मार्फत कामदार मलेसिया पठाउने भएको हो । पारित मस्यौदाले बंगलादेशी महिला कामदारका लागि पनि मलेसिया खुल्ला गरिदिएको छ । आगामी सन २०१८ भित्रमा १५ लाख कामदार मलेसिया पठाउने बंगलादेशद्धारा पारीत मस्यौदामा उल्लेख छ । हरेक बर्ष ५ लाख बंगलादेशी कामदार मलेसिया आउने छन् । यहांको सरकारले आप्रवासी कामदारका लागि खुल्ला गरिदिएका सबै क्षेत्रमा उनीहरुले काम गर्ने जनाईएको छ ।















प्रतिक्रिया