३१ आश्विन २०८३, शनिबार

सुरु भो राजकीय सम्मान, कोइरालालाई पुर्‍याइयो दशरथ रङ्गशाला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala Congressकाठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशीलको पार्थिव शरीरलाई त्रिपुरेशवरस्थित दशरथ रङ्गशाला पुर्‍याइएको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपाबाट कोइरालालाई फूलैफूले सजाइएको गाडीमार्फत रङ्गशाला पुर्‍याइएको हो । दशरथ रङ्गशालामा पनि शुभेच्छुकहरुले कोइरालाप्रति अन्तिम श्रद्धाञ्जलि दिइरहेका छन् ।

दशरथ रङ्गशाला पुर्‍याएलगत्तै राजकीय सम्मानका साथ श्रद्धाञ्जलि सुरु भएको कांग्रेसले जनाएको छ ।

कोइरालाको पार्थिव शरीरलाई भोलि बुधबारसम्म रङ्गशालामा राखिनेछ । भोलि नै उहाँलाई राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने जनाइएको छ ।