३१ आश्विन २०८३, शनिबार

कोइरालाको निधनले अध्यक्ष दाहालले आफ्नो कार्यक्रम छोट्याए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahalकाठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएपछि पार्टी कामको सिलसिलामा धनकुटा पुग्नुभएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल कार्यक्रम छोट्याएर राजधानी फर्कदै हुनुहुन्छ ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि दाहाल धनकुटा पुग्नु भएको थियो । उहाँले आफ्नो कार्यक्रम छोट्याएर राजधानी फर्कन लाग्नुभएको निजी सचिवालयले जनाएको छ ।

अपरान्ह ४ बजे राजधानी फर्कने समय तालिका रहेकोमा अध्यक्ष दाहाल दिउँसो २ बजेको उडानबाटै राजधानी फर्कन लाग्नु भएको हो ।

कांग्रेस सभापति कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि राजधानी आउन लाग्नु भएको जनाइएको छ ।

अध्यक्ष दाहाल धनकुटामा पार्टीका नेता तथा कार्यकर्ताहरुमा प्रशिक्षणका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।