३१ आश्विन २०८३, शनिबार

यी हुन् गीतका नायक, जसले गीतलाई गीत बनाउँछन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sudip Sagar Jiकाठमाडौं । गीतसंगीत होस् वा फिल्मको विषयमा । यो विषयमा कसैले कुरा गरिहाल्यो भने तपाई हाम्रा कान अलि ठाडो भइ हाल्छ । मनोरञ्जनका विषयमा आउने यस्ता कुराले सबैको मन छुनु स्वभाविक पनि हो ।

मनोरञ्जनका हिसावले हामीले धेरै सुन्ने र हेर्नेमा गीत पर्छ । गीतलाई पूर्णरुपमा आकार दिन तपाईहामीले कहिल्यै नसुनेको वा नजानको व्यक्तिले ठूलो योगदान दिएको हुन्छ भन्ने थाहा पाउँदा अचम्म लाग्न सक्छ । त्यस्ता व्यक्तिको नाम कहिल्यै पनि अगाडि आउँदैन । जसले गीतलाई गीत बनाएको हुन्छ ।

गीतलाई मिठास र पूर्णआकार दिनका लागि एरेञ्जको महत्वपूर्ण भूमिका हुन्छ । एरेञ्जरले दिएको अन्तिम स्वरुपलाई संगीतकारले रेकर्डिङ स्टूडियोमा लगेर स्वर र बाध्यबादन राखिर तपाईहामीले सुन्ने गीतका रुपमा आकार दिन्छन् ।

गीतलाई सुरुवाती रुपमा आकार दिनेमध्येका एक हुन्, सुदीप सागर । सुदीपले विगत ५ वर्षदेखि गीतहरुलाई मीठास दिनुका साथै पूर्ण आकार दिँदै आएका छन् । अर्घाखाँची जिल्लाको खाँचिकोट– ५ डिहीडाँडा स्थायी घर भइ हाल काठमाडौंमा बस्दै आएका सुदीपले तीन सय बढी गीतको एरेञ्ज गरिसकेका छन् ।

अधिकांश आधुनिक गीतको एरेञ्ज गरेका सुदीपले फिल्मका गीत पनि एरेञ्ज गरिसकेका छन् । एरेञ्ज गरेरै राम्रोसँग काठमाडौंको महँगो बसाइ थेगिरहेका सुदीपलाई आफ्नो पेशा मन पर्छ । यसैलाई नै पछिसम्म अगाडि बढाउने उनको इच्छा छ ।

संगीत सिक्नकै लागि २०६४ सालमा काठमाडौं भित्रिएका सुदीप अहिले व्यस्त एरेञ्जरमा पर्छन् । उनलाई यो क्षेत्रमा लाग्नका लागि घरपरिवारको पनि ठूलो सहयोग छ । त्यसमा सुदीपलाई गायिका समेत रहेकी पत्नी विन्दु परियारको अत्याधिक सहयोग रहेको उनले बताए । ‘कुनै पनि पेशामा सफल हुनका लागि घरपरिवारको ठूलो सहयोग चाहिन्छ’, सुदीपले भने, ‘मलाई मेरी पत्नीको सहयोग अत्यायधिक छ ।’

‘संगीतकारद्धय सन्तोष श्रेष्ठ र गोविन्द मधुर आचार्यले विश्वास गरेर गीत एरेञ्ज गर्न दिनुभएको थियो’, सुदीपले आफ्ना सुरुवाती दिन सम्झिँदै भने, ‘अहिले आएर धेरै संगीतकार र गायक गायिकाको माया पनि पाएको छु । मेरो एरेञ्ज मन पराउने धेरै हुनुहुन्छ ।’

संगीतकार सन्तोष श्रेष्ठको संगीत र गायक प्रमोद खरेलको स्वर ‘जब आफ्नो मनको मान्छे…., संगीतकार एवम् गायक गोविन्द मधुर आचार्यको ‘संसारै भुलेर…..’, नेत्रबन्धन केसीको संगीत र शिव परियारको स्वरमा ‘मेरो लागि दैबले नि……….’ जस्ता बोलका आधुनिक गीतमा एरेञ्ज उनै सुदीपले गरेका हुन् ।

चर्चित एरेञ्जर आशिष अविरलसँग एरेञ्ज गर्न सकिकेका सुदीपले अहिले गीतर बजाउन सिक्दै छन् । उनलाई गीतार राजकुमार मालाकारले सिकाइ रहेका छन् । एरेञ्जमा लागेको व्यक्तिलाई म्युजिकसम्बन्धि सम्पूर्ण ज्ञान हुनुपर्ने सुदीपको भनाइ छ । सोही कारण उनले म्युजिकसम्बन्धि थुप्रै ज्ञान लिइरहेका छन् ।

अधिकांश आधुनिक गीतको एरेञ्ज गरेका सुदीपले फिल्मका गीत पनि एरेञ्ज गरिसकेका छन् । एरेञ्ज गरेरै राम्रोसँग काठमाडौंको महँगो बसाइ थेगिरहेका सुदीपलाई आफ्नो पेशा मन पर्छ । यसैलाई नै पछिसम्म अगाडि बढाउने उनको इच्छा छ ।

के हो गीतको एरेञ्ज ?

Sudip Sagarसंगीतकारले गीतको संगीत बनाइ सकेपछि त्यसमा म्युजिक भर्ने । जस्तै ढोलक, तबला, मादल, गितार, बाँसुरी आदि जस्तो धेरै बाजाहरुलाई गीतमा कहाँ राख्ने ? कसरी राख्ने ? विषयलाई एउटा कुशल एरेञ्जरले पूर्ण रुपमा आकार दिन्छ । यसमा संगीतसम्बन्धि थुप्रै ज्ञान हुनुपर्छ । गीतलाई पूर्ण रुपमा सफल बनाउने प्रमुख दायित्व नै एउटा एरेञ्जमाथि भर परेको हुन्छ । एरेञ्जरले गीतको शब्द, संगीत र लयलाई बुझ्न सकेन वा राम्रोसँग न्याय गर्न सकेन भने त्यसको कुनै अर्थ रहँदैन । एरेञ्जर गीतको मेरुदण्ड नै हो ।

प्रस्तुति : विमल योगी