
– सुदिप निउरे
क्वालालमपुर, २३ माघ । अबैधानिक रुपमा बसेर काम गरिरहेका आप्रवासी कामदारलाई मलेसिया सरकारले बैधानिक बन्ने मौका दिएको छ ।
यो मौकाले मलेसियामा रहेका झण्डै १० हजार अवैधानिक नेपाली कामदार वैधानिक बन्न पाउने भएका छन् ।
बैधानिक बन्ने मौका अर्थात् ‘सिक्स पी’ कार्यक्रम खुल्ला भएपछि बैधानिक बन्न नसकिरहेका नेपाली लगायत आप्रवासी कामदार लाभाम्वित हुनेछन् । यहि फेब्रुवरी १५ तारिखदेखि अबैधानिक कामदार बैधानिक बन्नको लागि प्रक्रियामा आउन सक्ने यहाँका गृह तथा उपप्रधानमन्त्री दातुक सेरी अहमद जाहिद हमीदीलाइ उद्धृत गर्दै ‘द सन् अनलाइन’ले खबर प्रकाशित गरेको छ ।
सिक्स पी नामक प्रक्रियाबाट अबैधानिक कामदारलाई बैधानिक बनाईने गृहमन्त्री हमीदीले बताए । अबैधानिक आप्रवासी कामदारले अब दलालको सहयोग बिना अनलाइनमार्फत पनि आबेदन दिन सक्ने बताइएको छ । आफूलाइ रोजगार् दिईरहेको रोजगारदाता वा आफू स्वयमले पनि अनलाइन मार्फत प्रक्रियामा जान सके खर्च कम लाग्ने यहाँका सन्चार माध्यमले जनाएका छन् । करिब २० लाख आप्रवासी अबैधानिक रुपमा काम गरिरहेको मलेसिया सरकारको अनुमान छ ।
सन् २०११ पछि अबैधानिक आप्रवासीलाइ बैधानिक कामदारको हैसियत दिन मलेसिया तयार भएको हो । यसअघि अबैधानिक कामदारलाई घरफिर्तीको अबसर प्रदान गरेको मलेसियाले थप सुबिधा प्रदान गरी सिक्स पी कार्यक्रम खुल्ला गरेको हो । सिक्स पी योजना कहिले सम्म जारी रहने छ भन्नेबारे केहि खुलाइएको छैन् । यसका लागि कति शुल्क लाग्ने हो भन्नेबारे केहि पनि खुलाइएको छैन ।
शुल्क बुझाएको निश्चित केहि समयभित्र सम्बन्धित कामदारले उ बाट संकलित डाटा बमोजिम एक डिजिटल कार्ड प्राप्त गर्ने बताइएको छ । उक्त कार्ड एक प्रकारको अस्थायी अनुमती पत्र हो । कार्डको अबधि तोकिएको हुन्छ । तोकिएको अबधिभित्र नयाँ एमआरपी बनाएर भिजा लगाई सक्नुपर्ने हुन्छ । नयाँ एमआरपी बनाउँदा, भिजा, बार्षिक लेबी, ईन्सुरेन्स(विमा) लगायतको रकम अलग अलग तिर्नुपर्ने हुँदा तोकिएको अबधिमा एकजना कामदारको ५ हजार आरएम भन्दा बढी खर्च हुने देखिन्छ । डिजिटल कार्ड प्राप्त गरेका कामदारले प्रहरीको हैरानी खेप्नुपर्ने छैन् ।















प्रतिक्रिया